नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व श्री गिरिजा प्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएकोमा नेपाली कांग्रेस जन-सम्पर्क समिती अस्ट्रेलिया हार्दिक समबेदना ब्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ। 

   

नेपाली जनसंपर्क समिती अष्ट्रेलिया नेपालको एक मात्र र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भात्रि संगठन हो। बिभिन्न कारणले अष्ट्रेलिया आई स्थाइ तथा अस्थाइ बसोबास गर्ने प्रजातन्त्र प्रती विश्वाश राख्ने जो सुकै पनि यस संस्थाको परिधी भित्र अटाउन सक्छन। २००७ सालमा जहनिया राणा शासन बिरुद्द सङठनिक रुप बाट लड्ने पहिलो पार्टी नेपाली कांग्रेसले ईतिहासका कालखण्डमा बिभिन्न उतार चढावको सामना गर्नुपर्‍यो। २०१५ सालको पहिलो जननिर्बाचित सरकारलाई तत्कालिन राजा महेन्द्रले कु गरेपछी नेपाली कांग्रेसका नेताहरु नेपालीका बिभिन्न जेलहरु हुँदै भारतमा निर्बासित जीवन ब्यतित गरे। यसरी भारत निर्बासनमा रहेका नेता कार्यकर्तालाई गोलबन्द गरेर भावी रणनिती तर्जुमा गर्न महामानव बीपी कोइरालाले पहिलो पटक भारतमा नेपाली जनसंपर्क समितीका नामबाट नेपाली कांग्रेस प्रती आस्था राख्ने सबैलाई समेट्नु भएको थियो। तत्कालिन नेपाली जनसंपर्क समिती भारतले नेपालमा प्रजातन्त्रको लडाईंको लागि खेलेको भूमिका नेपाली राजनैतीक ईतिहासमा सुनौलो अक्षरले लेखिएको छ।

बिकास र प्रबिधी सगै नेपालीहरु पनि विश्वका धेरै देशहरुमा पुगेका छन। जहाँ पुगे पनि देशप्रतीको माया र लोकतन्त्र प्रतिको अगाध विश्वाश उनिहरुले कही कम हुन दिएका छैनन। यिनै बिचार र भावना लाई प्रतिनिधित्व गर्दै र तिनिहरुलाई गोलबन्द गर्ने हेतुले १९ जनवरी २००८ का दिन नेपाली जनसंपर्क समिती अष्ट्रेलियाको गठन भएको हो। हाल यो समिती तदर्थ समितीको रुपमा कार्यरत छ र निकट भविस्यमा यो तदर्थ समिती ले ब्यापक जनसहभागीताका साथ नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिती र भावी योजना तर्जुमा गर्ने छ।

 

 

This is to inform you that our new year programme 2067 has been canceled.

  Latest Updates
  Nepali New Year 2066 Event Invitation
  नेपाली जनसंपर्क समिती अष्ट्रेलिया नेपालको प्रथम अधिवेशन सम्पन्न 
  विधान
  Australia 2nd Convention 2011- Notice
  Links to File Downloads
  JSS Members Name List 2011
  Candidates Name of Executive Committee for second convention 2011
  General Membership Application Form
  JSS Candidate Application Form
  Schedule for Second Convention
  Useful Links
  Nepali Congress

 

Nepali Congress Belgium

  Janasamparka America
  AusNepal News
  Kantipur National Daily
   
 
Designed By: TMGs