नेपाली कांग्रेस जन संपर्क समिती अष्ट्रेलियाको प्रथम अधिवेसन सम्पन्न

   

नेपाली कांग्रेस जन संपर्क समिती अष्ट्रेलियाको प्रथम अधिवेसन यही ९ नोवेम्बर २००८ का दिन अष्ट्रेलियाको सिड्नी शहरमा सम्पन्न भएको छ। अधिवेशनको उद्घघाटन नेपाली कांग्रेसका महामन्त्री माननीय श्री कुल बहादुर गुरुङले गर्नु भएको थियो। उक्त अवसरमा प्रमुख अतिथीको आसनबाट नेपाली कांग्रेसका महामन्त्री गुरुङले बिदेशमा रहेर पनि आफ्नो पार्टीको आस्था प्रति प्रतिबद्द  रही सङठित रुपले जन संपर्क समिती अष्ट्रेलियाको गठन भएको प्रति खुशी ब्यक्त गर्नु भयो।  उहाँले अष्ट्रेलिया जस्तो उच्च लोकतान्त्रिक अभ्यास भएको मुलुकमा रहनु भएका नेपाली समुदायले मुलुकका हितका निम्ती यहाँका राम्रा कुराहरुलाई नेपाली परिबेशमा पनि कार्यन्वयन गराउनको निमित्त सद्भभावना राजदूतको कार्य गर्न पनि आग्रह गर्नु भयो।  नेपाली कांग्रेसका सभापती श्री गिरिजा प्रसाद कोइरालाको अधिवेशन सफलताको लागि पठाउनु भएको शुभकामना सन्देश जनसंपर्क समिती अष्ट्रेलियाका सचिब प्रतिज्ञा अधिकारीले पढेर सुनाउनु भएको थियो। 

कार्यक्रमका अर्का अतिथी नेपाली राजदुताबास अष्ट्रेलियाका राजदूत महामहिम श्री योगेन्द्र ढकालले नेपाल अष्ट्रेलिया दौत्य सम्बन्ध ५० बर्ष पुग्न लागेको पूर्व सन्ध्यामा यस किसिमका कार्यक्रमहरुको आयोजना हुनु अत्यन्त सरहानिय रहेको बताउनु भएको थियो। राजदुत श्री ढकालले नेपालको प्रतिभा पलायन मात्र नभइ पुँजी समेत पलायन हुनु दु:खको कुरा भए पनि अष्ट्रेलियामा रहेका बिभिन्न नेपाली राजनैतीक तथा सामाजिक संघ संस्थाहरु संगठित भई अघि बढ्न र नेपालको पर्यटन बिकासका साथै आर्थिक बिकासका निम्ती सहयोग गर्न आग्रह गर्नु भयो।  

कार्यक्रममा गैर आवसिय नेपाली संघ अष्ट्रेलियाका संयोजक ध्रुब सुबेदी, नेपाली अष्ट्रेलिया प्रजातान्त्रिक मन्चका महेन्द्र लम्साल, गणतान्त्रिक मन्च अष्ट्रेलियाका सभापति झकल ढुंगाना, नेकपा एमाले अष्ट्रेलियाका हरी लामिछाने, मानवअधिकार मन्च अष्ट्रेलियाका रमेश पाण्डे, जनजाती महासंघ अष्ट्रेलियाका गणेश तमाङ, नेपाल अष्ट्रेलिया एसोसिएसनकी ईन्द्रा बन, तराइ समाजका समिम अनवरले जन संपर्क समिती अष्ट्रेलियाको प्रथम अधिवेशनको पूर्ण सफलताको कामना सहित आ-आफ्नो मन्तब्य प्रकट गर्नु भएको थियो। कार्यक्रममा जनसंपर्क समिती अष्ट्रेलियाका सहसचिब भुपेन्द्र केसीले स्वागत मन्तब्य ब्यक्त गर्नुका साथै कार्यक्रमका लागि सहयोग पुर्याउने संघ संस्थाहरु प्रति आभार प्रकट गर्नु भएको थियो।

उक्त अधिवेशनको उद्घघाटन समारोह जन संपर्क समिती अष्ट्रेलियाका संयोजक श्री उमेश सिलवालको सभापतित्वमा सम्पन्न भएको थियो। सभापतिको आसनबाट समितीका संयोजक सिलवालले हाल नेपाल संक्रमणकालिन स्थितीमा गुज्रिरहेको अवस्थामा दिगो शान्तीको स्थापना, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र लोकतान्त्रिक ब्यबस्थाको संस्थागत बिकासका निमित्त नेपाली कांग्रेसले अबलम्बन गर्ने हर किसिमका कदमप्रति जन संपर्क समिती अष्ट्रेलियाले पूर्ण समर्थन एबम सहयोग गर्नेछ भन्ने भावना ब्यक्त गर्नु भयो।

उक्त अधिवेसनले  उमेश सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिती पनि निर्बिरोध निर्बाचित गरेको छ। समितीको उपाध्यक्षहरुमा बालचन्द भट्टराई तथा नबिन पौडेल, सचिबमा प्रतिज्ञा अधिकारी, सह सचिबमा सन्तोष सिटौला, कोषाध्यक्षमा भुपेन्द्र केसी र सदस्यहरुमा दिनेश राज जोशी, कृष्ण चापागाई, आदर्श सापकोटा,बसन्त खरेल तथा रमेश पराजुली निर्बिरोध निर्बाचित हुनुभएको छ।

नवनिर्बाचित कार्यसमितीका पदाधिकारी एबम सदस्यहरुलाई प्रमुख अतिथी नेपाली कांग्रेसका महमन्त्री श्री कुल बहादुर गुरुङले बधाई ज्ञापन गर्नुका साथै आफ्नो कार्यकालको पूर्ण सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा नवनिर्बाचित अध्यक्ष उमेश सिलवालले अष्ट्रेलियामा रहनुभएका नेपाली कांग्रेसप्रति प्रतिबद्द साथीहरुले गर्नु भएको विश्वास गरी आफुलाई पुन अध्यक्षमा निर्बाचित गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै आउदा दिनहरुमा नयाँ समिती अष्ट्रेलियामा रहेर पनि नेपालमा लोकतान्त्रिक ब्यबस्थाको स्थायीत्व, दिगो शान्ती, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डताको रक्ष।को निमित्त प्रभाबकारी भूमिका खेल्ने विश्वाश दिलाउनु भएको थियो

 
  Nepali New Year 2066 Event Invitation
  विधान
  Useful Links
  Nepali Congress
  Janasamparka America
  AusNepal News
  Kantipur
   
 
Designed By: TMGs